Comments Add Comment

हेटौडाबाट सुरु भयो रजनी र सुरविनाको ‘चर्खा’

charkha ko shoot

हेटौडामा शुभमुहुर्त गर्दै चलचित्र ‘चर्खा’को छायांकन सुरु गरिएको छ । हेटौडा–१ स्थित पाथिभरा मन्दिरमा एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले नरिवल फुटाएर चलचित्रको शुभसाइत गरे । मुहुर्तको समयमा कलाकारले संबाद बोले भने गायिका जुनु रिजालले चलचित्रको गीत गाइन् ।

सहदेव गौतमको प्रस्तुती रहने चलचित्रलाई मकवानपुरमै खिचिनेछ । गोविन्द गौतमको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई गणेश भेटवाल, सुनिल अधिकारी, बालकृष्ण खड्का र रुपेश केसीले संयुक्त रुपमा निर्माण गर्नेछन् । चलचित्रमा कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन, रोशन श्रेष्ठको एक्सन, दिव्य सुवेदीको छायांकन रहनेछ ।charkha shoot 1

चलचित्रमा रजनी केसी, सुरविना कार्की, सुशान्त कार्की, निर्जना थापा, कपिल खड्का, इश्वरी श्रेष्ठ, जुनु रिजाल लगायतको अभिनय रहनेछ । ३५ दिन भित्र यो चलचित्रको छायांकन सकिने निर्माणपक्षको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment