१७ वैशाख, काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट नेपालले पाउने ग्यसको कोटामा वृद्धि भएको छ ।
२९ हजार ४१६ मेटि्रकटन मासिक कोटालाई बढाएर अब ३७ हजार मेटि्रकटन कायम भएको आजको कारोबार दैनिकमा समाचार छ ।
नेपाल आयल निगम र आइओसीबीच यसै साता भारतमा भएको वार्तामा ग्यासको कोटा बढाउने सहमति भएको हो । नेपालले बैरीनिबाट १३ हजार, हल्दिया १७ हजार र मधुराबाट ७ हजार मेटि्रकटन ग्यास आयत गर्न पाउनेछ ।
भूकम्प र नाकाबन्दीपछि सबैभन्दा धेरै र्मा महिनामा ३० हजार मेटि्रकटन ग्यास आयात भएको थियो । ३३ हजार मेटि्रकटन ग्यासको प्रडक्ट डेलिभरी अर्डर जारी गर्दा ३० हजार मेटि्रक टन ग्यास आपूर्ति भएको थिया ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4