१७ वैशाख, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले मधेसी पार्टीहरुले गरेको आन्दोलन कालान्तरमा उसैका लागि प्रत्युत्पादक हुने बताएका छन् ।
सुनसरीको कार्यक्रममा सहभागी हुन शुक्रबार बिराटनगर आएका प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरुलाई केहि कुरामा चित्त बुझेको छैन भने संसदमा कुरा राख्नुस्, रराजनीतिक अभीष्ट पूरा गर्नका लागि राज्य सञ्चालनमा अवरोध नगर्नुस् ।’
प्रधानमन्त्री ओलीले दलगत स्वर्थका लागि संविधानको अनुपयुक्त व्याखा गरी देशमा गलत नजीर वसाउने कोहिबाट पनि हुन नहुने प्रष्ट पारे । उनले सरकार मधेसी मोर्चासँग वार्ता र सम्वादवाट समस्या सामाधान गर्न तयार जानकारी दिए ।
प्रधानमन्त्री ओलीले दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि वढनुको विकल्प नरहेको वताए । भूकम्पपछिको पुनःनिर्माणको कार्यलाई गति दिन एवं संविधान कार्यान्वयको चुनैतिलाई सामाना गर्न दलहरुको एकता अत्यावश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।
सरकार परिवर्तनबारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफ्नो सरकार सधैका लागि नवनेको प्रष्ट पारे । उनले भने ‘लोकतन्त्रमा सरकार आउने जाने क्रम चलिरहन्छ । तर राम्रो काम गर्नेलाई ताली र नराम्रो काम गर्नेलाई गाली हुनुपर्छ ।’
उनले आफुले राम्रो काम गर्ने प्रयास गर्दा आलोचना मात्र भइरहेकोमा चिन्ता व्यक्त गरे । तर आम जनताले भन्दा बिभिन्न स्वार्थ बोकेकाबाट आलोचना हुने गरेको बताए । प्रधानमन्त्री ओलीले अहिलेको वजेट जनताले सम्झना लायक हुने उद्घोष पनि गरे ।
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4