Comments Add Comment

अब जेष्ठ पत्रकारलाई छुट्टै परिचय पत्र र सम्मानवृत्ति

journalist

१७ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले जेष्ठ पत्रकार सम्मानवृत्ति प्रदान गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा सञ्चारमन्त्री शेरधन राईले जेष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रमको शुभारम्भ गरे ।

महासंघले १६ जना जेष्ठ पत्रकारलाई प्रतिमहिना एक हजारका दरले एक वर्षको सम्मानवृत्ति स्वरुप १२ हजार रुपैयाँ र जेष्ठ पत्रकार परिचयपत्र प्रदान गरेको छ ।

६५ वर्ष उमेर र ३० वर्षभन्दा बढी पत्रकारितामा योगदान दिएका अग्रज पत्रकारहरूको सम्मानमा महासंघले यसै वर्षदेखि सम्मान वृत्ति कार्यक्रम सुरु गरेको हो ।

पत्रकार महासंघले उल्लेखनिय कार्यक्रमको सुरुवात गरेको भन्दै सञ्चारमन्त्री राईले आगामी दिनमा सम्मानवृत्ति कार्यक्रममा सरकारले सहकार्य गरेर अगाडी बढ्ने बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्मान वृत्ति कार्यक्रम महासंघको आन्तरिक कोषबाट गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा महासंघ पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारहरुले तिरेको १ प्रतिशत सामाजिक सुरक्षा कर पत्रकारकै हितमा लगाउन सरकारलाई आग्रह गरेका छन् ।

महासंघले थालेको यस वृत्ति कार्यक्रमअन्तर्गत राजधानीबाहिरबाट नामावली प्राप्त हुने क्रम जारी रहेकोले उनीहरुलाई जेठभित्र सम्मान वृत्ति प्रदान गरिने कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म केन्द्रमा ४२ जना जेष्ठ पत्रकारको नामावली प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment