+
+
Shares

नेपाली प्रधानसेनापतिलाई अमेरिकी सेनाको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते ११:००

Rajendra-Kshetri-samman

१७ वैशाख, काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकी सेनाको ‘हल अफ फेम’मा सम्मानित भएका छन् ।

अमेरिकाको पेन्सिलभेनियास्थित युएस आर्मी वार कलेजमा तालिम गरेका क्षत्रीलाई सम्मानका क्रममा तालिकमा तस्वीरहरु पनि प्रदर्शन गरिएको थियो ।

सम्मान कार्यक्रममा ७३ राष्ट्रका करिब ४०० जना वरिष्ठ सैनिक अधिकृतहरु, कूटनीतिज्ञहरु तथा वरिष्ठ गैर सैनिक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

अमेरिकी सेनाको यस केन्द्रले यहाँबाट तालिम सम्पन्न गरी उच्च ओहदामा पुग्न सफल भएका सैनिक अधिकारीहरुलाई सम्मान दिने गर्छ । यसरी सम्मानित हुने क्षत्री ६१ औं सैनिक उच्च अधिकारी हुन् ।

यसअघि, उनी युएस आर्मीकै कमाण्ड एण्ड जनरल स्टाफ कलेजमा पनि सम्मानित भएका थिए । दुवै कजेलमा हल अफ फेममा सम्मानित हुने क्षत्री नेपालकै पहिलो प्रधानसेनापति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?