Comments Add Comment

सांगीतिक कर्ममा रमाउँदै गायक कर्म दोङ

karma dong news

युवा गायक कर्म दोङ तामाङ आफ्नो नयाँ सांगीतिक एल्बम कर्म लिएर यसै साता दर्शक र श्रोता माझ आउँदैछन् । एक दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक कर्म यसै एल्बमको लागि दुई साता अघि मात्र जापानबाट नेपाल आएका हुन् । नेपाल छादै केही गीत रेकर्ड गरेर विभिन्न स्टेजहरुमा समेत जम्न थालेका उनी यसबीचमा चार वर्ष अघि अध्ययनको शिलशिलामा जापान पसे ।

तर त्यसरी जापान पस्नु उनको सांगीतिक करियरका लागि भने सुखद रहृयो । किनभने जापानमा हप्तैजसो भैरहने सांगीतिक कार्यक्रमहरुमा उनले धमाधम स्टेज पाउान थाले । आफ्नो उम्दा स्वरले श्रोता र दर्शकहरुको मन जित्दै गए । अहिले त उनी जापानमा रहेका नेपाली श्रोता दर्शकहरुको लागि स्थापित नाम बनिसकेका छन् । त्यसैले उनी बस्ने नागोया शहर मात्र होइन राजधानी टोक्यो,फुकुओका र ओशाका जस्ता शहरहरुमा आयोजना हुने कार्यक्रमबाट समेत उनलाई अफर आउँने गरेका छन् । सम्भव भएसम्म ती कार्यक्रमहरुमा पुग्छन् कर्म । यसबीचमा उनले राजु लामा, रोज मोक्तान, विजय लामा, प्रमोद ढकाल लगायतका कलाकारहरुसाग समेत स्टेज शेयर गरिसकेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको ठूलो पर्सेल गाविसमा जन्मेका गायक कर्मको नयाँ एल्बम कर्ममा विभिन्न स्वाद र शैलीका ६ वटा गीतहरु रहनेछन् । यसमा उनको पहिलो पटक रेकर्ड भएको गीत अतिको गर्मी वैशाखमा बोलको पूरानो गीत पनि रहनेछ । बाँकी सबै गीतहरु नयाँ हुन्,जुन उनले यसै एल्बमका लागि रेकर्ड गराएका हुन् । उनको यही एल्वममा समावेश गीत सुनकोशी तरेर म आउँला अहिले युट्युव लगायत श्रोता र दर्शकबीच निकै चलेको छ । यसको म्यूजिक भिडियो जापानमै छायांकन गरिएको हो ।

सानैदेखिको संगीतप्रतिको झुकाव उमेरसँगै झनै बढ्दै जाने गरेको कर्मको अनुभव छ । भन्छन्-अब त संगीत नै मेरो जीवन हो भन्ने लाग्न थालेको छ । किनभने संगीत विनाको त म सेकेण्डको पनि कल्पना गर्न सक्दिना ।

झण्डै चार वर्षको योजनालाई मूर्तत दिन यसपटक उनी जापानको व्यस्त दैनिकीलाई १७ दिनका लागि विश्राम दिएर नेपाल आए । यसबीचमा केही नयाँ गीत रेकर्ड गराएर एल्वम समेत निकाल्न भ्याए । यसले पनि संगीतप्रतिको उनको समर्पण पुष्टि गर्दछ । यस्तै संगीत कर्मबाट श्रोता र दर्शकको मनमा बस्न चाहने उनको धोको पूरा हुादैछ । थोपा मिडिया प्रालिले एल्वम कर्मको व्यवस्थापन गर्दैर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment