Comments Add Comment

मधेसी मोर्चालाई औपचारिक वार्तामा बोलाउने सरकारको तयारी

'अमेरिका र बेलायतमा नेपालप्रतिको भ्रम निराकरण गर्न सफल'

Madhesi-morcha

१७ वैशाख, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको राजनीतिक परिस्थितिबारे विश्व समुदायमा परेको भ्रम हटाउन आफू सफल भएको दाबी गरेका छन् । मन्त्री थापाले आन्दोलनरत मधेसी मोर्चालाई औपचारिक रुपमा वार्तामा बोलाउने तयारी भइरहेको जानकारी पनि दिए ।

अमेरिका र बेलायत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका थापाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको संविधान र संविधान जारी भएपछिको परिस्थितिबारे विश्व समुदायमा योजनाबद्ध ढंगले भ्रम छरिएको बताए ।

‘नेपालको राजनीतिक परिस्थितिबारे विश्व समुदायमा योजनाबद्ध ढंगले भ्रमित पार्ने काम भइरहेको छ । मैले जोसँग भेट्दा पनि एकै प्रकारको चासो र चिन्ता व्यक्त भयो,’ थापाले भने, ‘तर खुसी के लागेको छ भने उच्च तहमा नेपालप्रतिको भ्रम निराकरण गरेका छौं ।’

व्रिटिश गोर्खाको समस्या राष्ट्रकै एजेण्डा

उनले व्रिटिश गोर्खाको समस्या राष्ट्रकै समस्याको रुपमा वर्तमान सरकारले लिएको र समाधानको प्रयास भइरहेको जानकारी पनि गराए ।

‘व्रिटिश गोर्खाको समस्यालाई राष्ट्रकै एजेण्डाको रुपमा उठाएका छौं,’ मन्त्री थापाले भने, ‘गत डिसेम्बरमा म जाँदा पनि उठाऔं । बेलायती विदेशमन्त्रीलाई पनि व्यक्तिगत पत्र पठाएर पनि भन्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment