Comments Add Comment

हराइहेका सैनिक जवान मृत भेटिए

१७ वैशाख, बर्दिया । छ दिनदेखि हराइरहेको नेपाली सेनाको एक जवान बर्दियाको सत्या सामुदायिक वनमा मृत अवस्थामा भेटिएका छन् ।

नं २ वन तथा पर्यावरण सुरक्षा हात्तीखोर नवलपरासीमा कार्यरत सैनिक जवान बर्दिया बाँसगढी नगरपालिका–७ का दुर्गाबहादुर खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले खड्का मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । खड्काको शव जिल्ला अस्पताल बर्दियामा परीक्षण गरी परिवारलाई बुझाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment