+
+
Shares

केरुङबाट स्याउ ल्याउँदै गरेको कन्टेनर पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १८ गते ९:३०

१८ वैशाख, रसुवा । केरुङबाट स्याउ बोकी काठमाडौँतर्फ जाँदै गरेको कन्टेनर डिब्बा राम्चे गाविस–१ मूलखर्कमा पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।

Kerung boarder (9)गए राति १० बजेको समयमा ओभरलोडका कारण ना६ख ३०२१ नम्बरको कन्टेनर सडकमै पल्टिएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सडक बन्द भएपछि यात्रुबाहक बस र एम्बुलेन्ससमेत चल्न सकेको छैन । कन्टेनर पन्छाउन काठमाडाैँबाट क्रेन मगाइसकिएकाले सम्भवत आज साँझसम्म सडक सञ्चालन हुने जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले बताए ।

धुन्चेबाट काठमाडौँ जाने र काठमाडौँबाट केरुङतर्फ जाने सयौँ सवारीसाधन रोकिएर बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?