Comments Add Comment

बाह्य शक्ति केन्द्रको उक्साहटमा मधेस आन्दोलनः पन्त

१८ वैशाख, पोखरा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रघुजी पन्तले बाह्य शक्ति केन्द्रको उक्साहटमा मधेसी दलले आन्दोलन गरेर फेरि नेपाली जनतालाई दुःख दिन खोजेको बताएका छन् ।

एमाले पोखरा २४ कृस्तिनाच्ने चौरमा आज आयोजित सभालाई सम्बोधन गर्दै पन्तले गलत कुराको पछाडि लागेर राष्ट्र र जनतालाई अप्ठ्यारोमा नपार्न सबैसँग आग्रह गरे ।

देशलाई राजनीतिक स्थायित्व दिन र संविधान कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउन नेपाली काँग्रेस पनि अहिलेकै सरकारमा आउनुपर्नेमा जोड दिँदै उनले अर्को आमनिर्वाचनपछि बन्ने सरकारमा एमालेले काँग्रेस नेतृत्वको सरकारमा गएर सहयोग गर्नसक्ने धारणा राखे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment