लन्डन । बेलायतमा अध्ययनरत नेपाली छात्रा सृजना गौतमले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै दोश्रो स्थान हासिल गरेकी छन् ।
गत जुनमा भएको एसीसीए प्रोफेशनल लेभलको परीक्षामा सहभागी विश्वभरका २१ हजार ३ सय ७ जना बिद्यार्थीहरु मध्ये सृजना दोस्रो भएकी हुन् । उत्कृष्ट नतिजा हासिल गरेपछि उनले पदक र नगद पुरस्कारसमेत पाइसकेकी छन् ।
चितवन, भरतपुर उपमहानगरपालिका ६ लंकुकी स्थाई बासिन्दा सृजनाले ५ प्रोफेसनल लेभलको पेपरमा ३७८ अंक प्राप्त गरेर दोश्रो सर्बोत्कृष्ट स्थान प्राप्त गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4