१९ वैशाख, काठमाडौं । काठमाडौंको खुलामञ्चमा औद्योगिक ब्यापार मेलाको तयारी भइरहँदा १२ जना युवाहरु भने रोजगारीको माग गर्दै आमरण अनसनमा छन् ।
युवासँग सम्बन्धित विभिन्न ६ बुँदे माग राख्दै उनीहरु वैशाख १५ गतेदेखि आमरण अनमासमा बसेका हुन् । खुलामञ्चमा ब्यानर र पम्प्लेट टाँगेर अन्य विभिन्न जिल्लाका युवाहरु अनशनमा छन् ।
रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान अन्तरगत ५ दिनदेखि उनीहरुको भोक हड्ताल चलिरहेको छ । अनशनमा बस्नेहरुको स्वास्थ्य अवस्था क्रमिक रुपमा बिग्रँदै गएको सहयोगीहरुले बताए । अनशन बसेका धेरैलाई स्लाइन चढाइएको छ ।
युवाहरुको मागमा विभिन्न ठाउँका युवाहरुले उपस्थित भएर एक्येवद्धता जनाइरहेका छन् । अनशनकारीले सरकारसँग योग्यता, सीप, क्षमता र दक्षका आधारमा सबै युवालाई देशमै रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
युवाको शैक्षिक तथा कलाका प्रमाणपत्रहरु धितोमा राखेर सहुलियत दरमा ऋण प्रदान गर्न पनि उनीहृरुको माग छ । बेरोजगार युवालाई सामाजिक सुरक्षाका लागि भत्ता दुनुपर्ने, राष्ट्रिय कलाका र खेलाडीका लागि विशेष व्यवस्था हुनुपर्ने र बन्द हड्ताललाई कानुमा निषेध गरेर औद्योगिक वातावरण तयार गर्नुपर्ने र स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिने नीति ल्याउनु पर्ने ६ बुँदे मागमा उल्लेख छ ।
आमरण अनशनमा बस्नेहरु प्लस टु पास गरेकादेखि मास्टर्स डिग्री अध्ययनरत सम्म छन् ।
तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर
प्रतिक्रिया 4