Comments Add Comment

खोप लगाउन घर-घरमा निम्तो

Invitation, Nimto२१ वैशाख, जाजरकोट । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जापानीज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउन घर-घरमा निमन्त्रणा पत्र पठाएको छ ।

यहि वैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म एक महिना सञ्चालन गरिने अभियानलाई सफल पार्न १ वर्षदेखि १५ वर्ष मुनिका बालबालिका रहेका प्रत्येक घरमा निमन्त्रणा पत्र पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

खोप लगाउने उमेर समूहका कोही पनि बालबालिकाहरु खोप पाउनबाट बञ्चित नहुन भनेर हरेक घरमा निमन्त्रणा पत्र पठाइएको जनस्वास्थ्य प्रमुख डा. वोम बिसीले जानकारी दिए ।

१ वर्षदेखि १५ वर्षमुनीका झन्डै ९० हजार बालबालिकाहरुलाई जापानीज इन्सेफ्लाइटिस खोप लगाउने लक्ष्य राखिएको बिसीले बताए । खोप र जनशक्तिलाई मध्यनजर गरेर जिल्लालाई ३ भागमा विभाजन गरी खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

कोही पनि बालबालिका खोपबाट नछुटुन् भनेर १ दिनमा १ सय २० जनालाई खोप लगाइने छ ।

तराईका ४० जिल्लामा लागु भएको उक्त कार्यक्रम यस आर्थिक वर्षदेखि देशभर लागु भएको छ । सबै उमेरका मानिसलाई उक्त रोग लाग्ने भए पनि सरदर ८५ प्रतिशत रोगका विरामीहरु १५ वर्षमुनिका रहेको छ । जापनीज इन्सेफलाईटि्स लामखुट्टेको टोकाइबाट सर्दछ ।

यस रोगका विरुद्ध अहिलेसम्म कुनै एन्टिवायोटिक तथा एन्टीभाइरल औषधि नभएकाले यसबाट बच्ने उत्तम उपाय भनेको खोप नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment