टेलिभिजनको अगाडि बसेर बिताइने हरेक एक घण्टाले मधुमेह रोग हुने खतरा ३ प्रतिशतले बढाउँदछ । एक नयाँ अध्ययनले यो तथ्य पत्ता लगाएको छ ।
सन् २००२ मा प्रकाशित मधुमेहको रोकथाम विषयको शोधमा भाग लिएका सहभागीहरुको तथ्यांकलाई शोधकर्ताहरुले यसपटक पुनः आफ्नो अध्ययनमा प्रयोग गरेका थिए ।
उक्त अध्ययनमा सन् १९९६ देखि १९९९ को बीचमा ३२ सय ३४ जना मोटोपनाबाट ग्रसित अमेरिकी वयस्कहरुलाई सहभागी गराइएको थियो, जो २५ वर्ष भन्दा बढि उमेरका थिए । पछिल्लो अध्ययन डायबिटोलोजिया नामक जर्नलमा छापिएको छ ।
मानिसको सुस्त व्यवहारले समयक्रमसँगै मधुमेहमा पार्ने प्रभावको परीषण यस अध्ययनमा गरिएको छ । उमेर, लिंग, उपचार तथा सुस्त शारीरिक गतिविधिमा बिताउने समय जस्तै टेलिभिजन हेर्नमा बिताउने हरेक एक घण्टाले सहभागीहरुमा मधुमेहको खतरा ३.४ प्रतिशत सम्मले बढेकेा पाइएको छ ।
टेलिभिजन हेर्दा मानिस विना व्यायाम तथा हलचल बसिरहने भएकाले त्यस्तो सुस्त गतिविधिले स्वास्थ्यमा प्रभाव पार्ने शोधकर्ताको भनाई छ ।