Comments Add Comment

दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखा

१० चैत, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ ।
शनिबार दाङ्गको घोराहीमा आयोजित एक विशेष समारोहकावीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्ऽप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई उद्घाटन ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङमा स्थापना गरिँदै आएको स्मरण गरे ।

आम सेवाग्राहीहरूलाई सवै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको उद्देश्य अनुरुप दाङ्गको घोराहीमा आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताए ।

त्यस्तै आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री चन्द्र प्रसाद ढकालले संयूक्त रुपमा गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति विष्टले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

आइएमई ग्रुपका अध्यक्ष ढकालले समय अनुरुप सर्वसाधारणहरुको आर्थिक सुरक्षा र सम्वृद्धिका लागि आफ्नो समुह सक्रिय रहेको जानकारी गराउदै जीवन बिमाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सर्वोत्तम बिकल्प भएको धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment