Comments Add Comment

ठेक्का दर्ता गर्न गएका तामाङमाथि खुकुरी प्रहार

२३ वैशाख, गोरखा। मिरकोटको पालुङगैरे सामुदायिक वनमा ठेक्का दर्ता गर्न गएका तनहुँ, शुक्लागण्डकी नगरपालिकाका जङ्गबहादुर तामाङमाथि खुकुरी प्रहार भएको छ ।

Gorkha-Districtदाउरा तथा गोलाइ काठ खरिदका लागि टेन्डर दर्ता गर्न गएका तामाङमाथि जङ्गलमा लुकेर बसेका गोरखाको थालाजुङ क्षेत्रका ठेकेदारले बुधबार आक्रमण गरेका हुन् ।

प्रहरी चौकी, मिरकोट, रातमाटेका असई एकवीर मल्लका अनुसार थालाजुङ्गका ठेकेदार कलबहादुर गुरुङको निर्देशनमा डिलमान गुरुङले तामाङमाथि खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

तामाङसँगै टेन्डर फर्म दर्ता गर्न गएका खोप्लाङ गाविसका लीलाबहादुर तामाङलाई पनि सोही समूहले बाटो छेक्दै टेन्डर दर्ता गर्न नदिएको हो ।

काठ लिलाम बिक्रीका लागि सहमति भई टेन्डर आह्वान दाखिला गर्ने नियमअनुसार टेन्डर दाखिला गर्ने समय बुधबार दिउँसो १ बजेसम्म थियो । अन्तिम दिनमा फर्म दर्ता गर्न गएका उनीहरुमाथि साङ्घातिक हमला भएको हो ।

जङ्गबहादुरको टाउको र दाहिने हातको कुहिनोमा चोट लागेको छ । उनको पालुङटारको अस्पतालमा उपचार भइरहेको छ । पालुङगैरा सामुदायिक वनका अध्यक्ष मेघराज विष्टले घटनाबारे जानकारी नभएको बताए ।  “खुकुरी हानेको, बाटो छेकेको भन्ने हामीलाई केही थाहा छैन”,उनले भने , “प्रहरीसँग बुझेपछि थाहा पाइयो ।”

जिल्ला वन अधिकृत जीवनाथ पौडेलले टेन्डर फर्म दर्ता गर्नेक्रममा युवाबीच झगडा भएको भन्ने जानकारी आएपनि लिखित उजुरी नआएको बताए ।

सो क्षेत्रमा काठको अवैध कारोबार हुने गरेको स्थानीयवासीको दाबी छ । घाइते तामाङले भने दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय, ठाँटीपोखरीमा जाहेरी दिएका छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment