Comments Add Comment

अर्पण र प्रियंका श्रीमान्-श्रीमति, घोषणा भयो ‘अनागत’

priyanka and arpan
माउन्टेन रिभर फिल्मस् र टाइनी बट बिग पिक्चर्सको संयुक्त निर्माणमा चलचित्र ‘अनागत’ बन्ने भएको छ । साइकोलोजिकल थ्रिलर चलचित्रको आज काठमाण्डौमा कार्यक्रम आयोजना गर्दै घोषणा गरियो । चलचित्रको छायांकन वैशाख २८ गतेबाट सुरु हुने जानकारी दिइयो ।

चलचित्रको मुख्य भूमिकामा अर्पण थापा र प्रियंका कार्की देखिनेछन् । सुरेश र कृतिको भूमिकामा देखिन लागेको यो जोडीले बिहेपछि श्रीमान्-श्रीमतिमा उत्पन्न हुने शंकाको चरित्रमा अभिनय गर्नेछन् ।

साम्तेन भुटियाको सम्पादन तथा निर्देशन रहने यो चलचित्रमा प्रविण खतिवडा, रोसिन सुवेदी पनि देखिनेछन् । समिर उपाध्याय, चन्द्र के झा, निलु डोमा शेर्पा, साम्तेन भुटियाको चलचित्रमा लगानी रहनेछ ।
Priyanka karki
सिसन बानियाँको छायांकन, चन्द्र के झाको कथा, प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा यो चलचित्रमा रहनेछ । कार्यक्रममा बोल्दै नायिका प्रियंका कार्कीले यो चलचित्रमा आफू अर्पणको श्रीमतिको रुपमा देखिन लागेको बताइन् । यो भूमिका आफ्ना लागि च्यालेन्जिङ रहेको उनको भनाई थियो ।

नायक अर्पणले चलचित्रमा आफ्नै श्रीमतिले आफूलाई मार्न चाहेको भन्दै दिमागी रुपमा कुरा खेलाउने श्रीमान्को रुपमा आफू देखिन लागेको बताए । चलचित्र ‘सुन्तली’ पछि यो जोडीले एकसाथ काम गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment