काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बुवाआमा बनेका छन् । मंगलबार मध्यान्ह अनुले शिशुलाई जन्म दिएकी छन् ।
अहिले आमा र शिशुको अवस्था सामान्य रहेको सविनले अनलाइनखबरलाई जानकारी दिए । ‘पहिलोपटक बुवा बनेकोमा औधि खुसी छु’ सविनले भने ।
अनु र सविनले लामो समयदेखिको प्रेमलाई केही वर्षअघिमा विवाहमा परिणत गरेका थिए । सविन अभिनित फिल्म ‘आबाट आमा २’ ३० असोजमा प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4