+
+
Shares

पहिलो सन्तानलाई स्वागत गर्दै अनु र सविन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले सामाजिक सञ्जालमार्फत आफूहरू पहिलो सन्तानको अभिभावक बन्न लागेको जानकारी दिएका छन् ।
  • ८ वर्ष लामो प्रेम सम्बन्धमा रहेका सविन र अनुले गत असोजमा विवाह गरेका थिए ।
  • अभिनेता सविन हाल नयाँ चलचित्रको छायाङ्कनमा व्यस्त छन् भने अनुले विगत दुई वर्षदेखि चलचित्रमा अभिनय गरेकी छैनन् ।

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले पहिलो सन्तानलाई जन्म दिने भएका छन् । दम्पतीले सामाजिक सञ्जालबाट प्रशंसकलाई खुसीको खबर साझा गर्दै आफूहरू अभिभावक बन्न लागेको जनाएका छन् ।

सविनले ‘वी आर प्रेगनेन्ट’ लेखिएको श्रीमती अनुसँगको फोटो सेयर गरेका छन् । उनले यसलाई आफ्नो जीवनकै सबैभन्दा सुन्दर उपहार भएको बताएका छन् ।

अनुले पनि सामाजिक सञ्जालमार्फत यो खुसीको खबर बाँडेकी छिन् । दम्पतीको यस्तो घोषणापछि प्रशंसक र मनोरञ्जन वृत्तबाट बधाईको ओइरो छ । ८ वर्षको प्रेम सम्बन्धपछि उनीहरूले गत असोजमा विवाह गरेका थिए ।

यो जोडीले ‘लक्ष्य’ र ‘आधी बाटो’ गरी दुईवटा फिल्ममा अभिनय समेत गरेका छन् । पछिल्लो समय उनीहरूले बनाउने रमाइलो शैलीको ‘भ्लग’ दर्शकले निकै रुचाएका छन् ।

सविन अहिले ‘आबाट आमा २’को छायांकनमा व्यस्त छन् । उनी चाँडै नयाँ फिल्म ‘कश्यप’मा पनि काम गर्ने तयारीमा छन् । अनुले भने फिल्ममा काम नगरेको २ वर्षभन्दा बढी भइसकेको छ । उनी पछिल्लो पटक सन् २०२४ मा रिलिज भएको फिल्म ‘ईश्वर’मा देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?