Comments Add Comment

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

Narayanghat-Muglin-Road२५ वैशाख, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै शुक्रबार साँझ अबेरबाट पहिरो र गाडी बिग्रँदा अवरुद्ध बनेको सडक  बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार साँझ परेको पानीका कारण खहरे र कालीखोलाको बीच भागमा पहिरो खसेपछि राति ११ः५५ बजे सडक एकतर्फी खुलाइएको थियो ।

पुनः ढुङ्गा खसेपछि सडक आवागमन पूरै अवरुद्ध बनेकोमा केहीबेरको प्रयासपछि राति नै सडक खुलाइएको भए पनि बीच सडकमा गाडी बिग्रिएपछि सवारी आवागमन प्रभावित भएको थियो । बिग्रिएको गाडी हटाएपछि अहिले बिहानबाट सडक दुईततर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

साँझबाटै सडक अवरुद्ध बनेपछि छ किलोमिटरभन्दा लामो सवारीसाधनको दुईतर्फी लाम लागेको थियो । सडक बिग्रिएको क्षेत्र मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।

पछिल्लो समय सो सडक तीव्र गतिमा विस्तार कार्य भइरहेकाले पटकपटक सडक अवरुद्ध हुने गरेको छ । बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर काम हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment