Comments Add Comment

पाल्पा सदरमुकाम तानसेनमा खानेपानी अभाव

२५ वैशाख, पाल्पा । खडेरीले पानीको मुहान सुक्दा जिल्ला सदरमुकाम तानसेनमा दैनिक २० लाख लिटर खानेपानी अभाव हुने गरेको छ ।

water-Problemयहाँ दैनिक २५ लाख खानेपानीको आवश्यकता रहेकोमा पाँच लाख लिटर खानेपानी मात्र आपूर्ति हुँदा उपभोक्ताले चर्को अभाव सहनु परेको हो ।

बर्सेनि तानसेनको जनसङ्ख्या बढ्नु, लामो खडेरीले पानीका मुहान सुकेपछि तानसेन खानेपानी उपभोक्ता समितिलाई खानेपानीको प्रबन्ध गर्न कठिनाइ भएको हो ।

तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोमान शाक्यले पानीका मुहान सुकेर दैनिक ५, ६ लाख लिटर खानेपानी मात्र वितरण गरिएको बताए ।

भुल्के, सिस्ने र होलाङ्दीबाट पानी तानसेन दुई हजार ७९४ धारामार्फत २७ हजार ७२६ जनाले खानेपानीको उपभोग गर्दै आएको उनले बताए । भुल्के १५ पम्प, सिस्नेमा पाँच, होलाङ्गदीमा दुई र तिनधारामा दुई पम्म सञ्चालनमा रहेकामा खडेरीले प्रत्येक मुहानबाट एकएक वटा मात्र पम्प सञ्चालन गर्नुपर्ने अवस्था आएको अध्यक्ष शाक्यले जानकारी दिए ।

बर्सेनि तानसेनमा गाउँबाट बसाइँसराइ गरी तानसेन आउने, सरकारी तथा गैरसकारी कार्यालय थपिँदै जाने र खानेपानी उपभोक्ता समितिले खानेपानीको आवश्यकताअनुसार खानेपानीको प्रबन्ध गर्न कठिनाई भएको छ ।

घरमा खानेपानीको धारो जडान गरे पनि ट्याङ्करको पानी किन्ने र मुहान खोजेर पानीको जोहो गर्नुपरेको यहाँका उपभोक्ताको गुनासोे छ । “पानीको महसुल महिनाभरिको तिर्नु पर्छ, धारामा महिनामा ३÷४ पटक मात्र पानी आउँछ,” उपभोक्ता दुखेसो पोख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment