Comments Add Comment

दुनियाका सबै मानिस एकैचोटी रुँदा आँशुको नदी बग्ला ? अहँ, पोखरी चाहीँ बन्दोरहेछ

tearsएकले थुके सुकी, सयले थुके नदी भन्ने उखानै छ । उखान अनुसार सय जनाले थुकेमा नदी नै बग्नुपर्ने हो । तर सय जनाले त के दुनियाका सबै मानिस एकैचोटी रोएर आँशु खसालेमा पनि आँशुको नदी नबग्ने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।

साँच्चीकै दुनियामा अध्ययन पनि कस्ता कस्ता वाहियात लाग्ने खालका हुन्छन् भन्या ? इंगल्याण्डको लेचेस्टर विश्वविद्यालयका विद्यार्थीहरुले यस्तै वाहियात अनुसन्धान गरे । उनीहरुको अनुसन्धानको उद्धेश्य भनेको दुनियाका मानिसहरु एकसाथ रुँदा कत्रो नदी बन्ला भन्ने कुरा पत्ता लगाउनु थियो ।

तर विश्लेषणबाट उनीहरुले के पाए भने विश्वका सबै मानिस एकसाथ रोएर सबै आँशु जम्मा गर्दापनि कुनै नदी वग्नेवाला छैन । विश्वको सबैभन्दा सानो नदीको रुपमा गिनिज बुकमा नाम लेखाएको अमेरिकाको मोन्टाना नदी जत्रो नदी समेत तयार हुँदैन दुनियाका सबै मानिसहरुको आँशुले ।

दुनियाका सबै मानिसको आँशु एकसाथ बगाउँदा नदी नबन्ने भएपनि पौडी पोखरी चाहीँ बन्दोरहेछ । शोधकर्ताहरुका अनुसार विश्वका सबै मानिसले एकसाथ रुँदा खसेको आँशु जम्मा गर्नेहो भने ओलम्पिक खेलमा पौडी खेलाइने जत्रै पोखरी चाहीँ भरिँदो रहेछ ।

मानिसहरु एकचोटी मज्जाले रुँदा आँशुका ५५ वटा थोपा खसाउँछन् भन्ने मान्यताका आधारमा दुनियाका सबै मानिस एकसाथ रुँदा २५ लाख लिटर पानी अट्ने पोखरी भरिने निष्कर्ष निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment