+
+

नयाँ बस चलाएको भन्दै व्यवसायी र प्रहरीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २५ गते १०:५०

२५ वैशाख, दाङ । दाङको तुलसीपरमा बस व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

Busआजबाट सञ्चालनमा आउन लागेको मालिका कालिका यातायातको बसलाई अबरोध गर्न खोज्ने राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा राप्ती यातायात समितका अध्यक्ष सुरेश हमाल घाइते भएका छन् । प्रहरीले यातायात सञ्चालनमा अवरोध पुर्‍याउन खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

यसक्रममा समाचार संकलनकामा रहेका पत्रकार गणेश आचार्यको क्यामेरा राप्ती बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष भरनाथ योगीले नियन्त्रणमा लिएका छन् । आफ्नो क्यामेरा खोसेर लगेपछि आचार्यले पत्रकार महासंघ दाङमा लिखित जानकारी दिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?