+
+
Shares

बंगलादेशमा सूफी नेताको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २५ गते २०:१२

bangladesh-police

२५ वैशाख, काठमाडौं । बंगलादेशको उत्तर पश्चिम जिल्ला राजशाहीमा एक स्थानीय सूफी नेताको हत्या भएको छ ।

६५ वर्षका मोहम्मद शाहीदुल्ला शुक्रबार विहान घरबाट निस्किएका थिए । उनी त्यसबेलादेखि नै वेपत्ता थिए । उनको शव घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएको छ ।

प्रहरीका अनुसार उनी चर्चित नेता त होइनन् । तर, उनको हत्या इस्लामी चरमपन्थीले गरेको आशंका छ ।

पछिल्लो समय बंगलादेशमा अल्पसंख्यक, उदार विचारक कार्यकर्ता र विदेशीमाथि आक्रमण हुँदै आएको छ । पछिल्लो महिनादेखि अहिलेसम्म ६ जनाको हत्या भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?