Comments Add Comment

फास्ट ट्र्याक स्वदेशी लगानीमै निर्माण गरिने

२६ वैशाख, काठमाडौं । सरकारले काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) स्वदेशी पुँजीमै निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै फास्ट ट्र्याक स्वदेशी लगानीमै निर्माण थालिने बताएकी हुन् ।

Kathmandu-Nijagadh-Fast-Traकाठमाडौं र निजगढ जोड्ने ९५ किलोमिटर लामो मोटर बाटो भारतीय कम्पनीलाई दिने तयारी गरिएको थियो । भारतीय कम्पनीले यो बाटो निर्माण गर्न निकै ठूलो लागत लाग्ने बताएपछि सरकार त्यसप्रति रुष्ट भएको थियो ।

सन् २००८ मा यो बाटो ५६ अर्बमा बन्ने प्रस्ताव गरिएको थियो । दोस्रो पटकको ठेक्कामा सन् २०१४ मा ९६ अर्ब लाग्ने अनुमान गरियो । तर, अहिले १ खर्ब १२ अर्ब लाग्ने अनुमान गरेको थियो ।

सरकारले नै बनाउँदा ८० अर्ब रुपैयाँको हाराहारीमा यो सडक बनाउन सकिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment