+

पूर्वमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरको रंगशाला

२०७३ वैशाख  २६ गते १७:३६ २०७३ वैशाख २६ गते १७:३६
पूर्वमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरको रंगशाला

Bidhya-Bhandari-in-Parliyament-Meeting

२६ वैशाख, काठमाडौं । खेलकुदको बिकासका लागि मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशालाको आवश्यकता महशुस गरी सरकारले पूर्वको झापामा अन्तर्राष्ट्रिय रंगशाला बनाउने भएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले आज संसदमा पस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सरकारले आगामी आर्थिक बर्षभित्रमा झापाको लखनपुरमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला बनाउने उल्लेख छ ।

साथै आगामी सन् २०१८ मा नेपालमा हुने १३औं दक्षिण एशियाली खेलकुद सागको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने तथा भूकम्पले क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माण कार्य यथाशीघ्र अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै अघिल्लो बर्षपनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको एक निर्वाचन क्षेत्रमा एक रंगशाला तथा बहुउद्देश्यीय कवर्डहल निर्माण गरिने कुरालाय यसपटक पनि निरन्तरता दिइएको छ ।

खेलकुद रंगशाला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय