Comments Add Comment

श्रीमातीको नग्न तस्वीर श्रीमानलाई पठाएपछि …

२७ वैशाख, काठमाडौं । एक महिलाको नग्न तस्वीर खिचेरर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् ।

Nepal-Police-Logoइटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको आजको नयाँ पत्रिकामा समाचार छ ।

चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो मार्फत पठाएका थिए ।  चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन साइबर क्राइम अभियोगमा थुनामा राखी कारबाही अघि बडाएको छ ।

पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए । सोही तस्वीरपछि उनले महिलाको श्रीमान्लाई पठाएका थिए । महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमान्को मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् ।

गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो । पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment