Comments Add Comment

सरकारले नहेरेपछि विद्यालय ठड्याउँदै शिक्षक-विद्यार्थी

ratnarajya-school२७ वैशाख, काठमाडौं । गत वर्षको भूकम्पले नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलको २७ कोठे भवन पूरै क्षतिग्रस्त भयो ।

कक्षा १२ सम्मका २ हजारभन्दा बढी विद्यार्थी कहिले ग्यारेजमा त कहिले खुला चौरमा बसेर पढ्न बाध्य भए । वर्षा, हुरीबतास र गर्मीले उनीहरु विरामीसमेत परेको अाजको नागरिकमा समाचार छ ।

यसबीच विद्यालयका पदाधिकारी स्थायी कक्षाकोठा माग्दै जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग, मन्त्रालयसम्म धाए । तर, सरकारले विद्यार्थीका पीडा घटाउन कुनै पहल गरेन । अब उनीहरु आफ्नो विद्यालय आफै बनाउन कस्सिएका छन् । भवन निर्माणका लागि ‘एक व्यक्ति एक इँटा’ अभियान चलाएर सहयोग संकलन थालिएको प्राचार्य गीता खरेल बताउँछिन् ।

केही दिनअघि विद्यालय पुग्दा बालुवा, गिटी, सिमेन्ट, छडलगायत सामग्री जुटिसकेका थिए ।  शिक्षकहरु ती सामग्री ओर्सान सघाइरहेका थिए ।

पटक पटक मन्त्रालय धाउँदा तीन वर्षपछि मात्र भवन बनाइने जवाफ आएपछि प्राचार्य गीताले गत फागुन २२ गते अभिभावक, विद्यार्थी, शिक्षक, समुदायका अगुवा तथा समाजसेवी डाकेर छलफल चलाइन् ।

आफ्नै पहलमा विद्यालय भवन बनाउने प्रस्ताव गरिन । त्यसका लागि सहयोगको आग्रह गरिन् । ‘सहभागीहरुले तुरुन्तै ७ लाख रुपैयाँ सहयोग गरिहकाले’ उनले सुनाइन ‘यसले हामीलाई थप बल मिल्यो ।’ सहयोग संकलन अभियानको थालनी गीता आफैँले एक लाख रुपैयँ दिएर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment