Comments Add Comment

‘चिठी खल्तीमा, हल्ला बजारमा, मान्दिनँ’

KP Oli२७ वैशाख, काठमाडौं । राजीनामाका लागि कुनै मिति तोकेर सत्तामा बस्नुभन्दा ‘अहिले नै राजीनामा’ गर्ने अडान लिएपछि प्रधानमन्त्री केपी शर्मामा ओलीको बोलीकै आधारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ताको बिद्रोह फिर्ता लिएको बुझिएको छ ।

दाहलले कांग्रेसको समर्थनमा आफ्नै सरकारको नेतृत्व गर्ने र त्यसमा सहयोग पुर्याउन ओलीसँग आग्रह गरेपछि प्रधानमन्त्रीकै आग्रहमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेताव तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बजेट पारित भएलगत्तै ओलीले राजीनामा गर्ने र एमालेकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्ने प्रावधानसहितको तीन बुँदे सहमति मस्यौदा तयार गरेका थिए । आजको अन्नपूर्णमा समाचार छ ।

‘सहमतिको वातावरण बनाउनुस् म छोड्न तयार छु तर मिति तोकेर राजीनामा गर्छु भन्नु भन्दा अहिले बस्न लागेको मन्त्रिपरिषदमै घोषणा गरिदिन्छु राजीनामा’ भन्दै ओली कडि्कएपछि एमाले नेतात्रयले चिठी सार्वजनिक नगरी खल्तीमै मात्र राख्न सुझाव दिए ।

‘चिठी खल्तीमा, हल्ला बजारमा ? म मान्दिनँ’ भन्नै अडान ओलीले लिए ।  तर पछि दाहालले त्यसमा कुनै आपत्ति नजनाई समर्थन निरन्तरता दिने प्रतिवद्धता जनाएपछि सरकारको निरन्तरता सुनिश्चित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment