पृथ्वीनारायण शाहले मुलुकको एकिकरण गरे भनेर धेरै नेपालीले पढेका छन् । विभिन्न पुस्तकमा उनले मुलुकको एकिकरण गरेको कुरो उल्लेख छ । एकिकरण गर्दा तत्कालीन समयमा कस्ता हतियार प्रयोग भएको थियो । सेनालाई कसरि परिचालन गरिएको थियो र युद्ध गर्दा सवारी साधन कस्तो हुन्थ्यो ? शब्दमा धेरै ब्यख्या गरिएको छ । तर, शब्दमा पढेका कुराहरु दृष्य एवं तस्बिरमा भेटिदैन ।
पृथ्वीनारायण शाहको विषयमा चासो राख्नेहरुका लागि एउटा खुसीको खबर । उनैमाथी चलचित्र बन्ने भएको छ । उक्त विषयमा चलचित्र निर्माण गर्ने भएका छन् रमित ढुंगानाले । ‘अब म पृथ्वीनारायण शाहमाथि चलचित्र बनाउदै छु । अहिले त्यहि चलचित्रको स्त्रिmप्ट लेखनमा ब्यस्त छु ।’ अनलाइनखबरसँग कुरा गर्दै रमितले भने ।
पृथ्वीनारायण शाहको विषयमा केही वर्षदेखि अध्ययन गर्दै आएको बताउने रमितले मुलुक एकिकरणमा शाहको योगदान भएकाले चलचित्र बनाउने निर्णय गरेको दाबी गरे । ‘यो मुलुक बनाउन पृथ्वीनारायण शाहले राम्रै योगदान दिनु भएको छ । त्यसकारण मैले उहाँमाथी चलचित्र बनाउने निर्णय गरेँ ।’ रमितले भने ।
‘बुर्द्ध बर्न इन नेपाल’ नाम राखेर चलचित्र बनाएका रमित अहिले मख्ख छन् । उनले निर्माण तथा अभिनय गरेको यो चलचित्र जेठ ७ गतेबाट देशभर चल्दैछ । ‘बुद्ध बर्न इन नेपाल’ले गौतम बुद्धलाई विश्वमा चिनाउन सहयोग पुर्याएको धारणा रमितको छ ।
केहि दिनपछि हुने बौद्ध सम्मेलनमा चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका रमित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि चलचित्र देखाउने तयारीमा छन् । उक्त चलचित्रमा मोदीले बुद्ध भारतमा जन्मेका हुन् भनेका छन् ।
प्रतिक्रिया 4