+
+

एनएमबि माइक्रोफाइनान्सको विशेष साधारणसभा सकियो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २७ गते १४:४४

nmb-sadharansava
२७ वैशाख, काठमाडौं । एनएमबि माइक्रोफाइनान्सले पोखरामा विशेष साधारणसभा गरेको छ । साधाराणसभाले हाल कायम रहेको ४ लाख ६० हजार कित्ता शेयरको १ः१.२ को अनुपातमा ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर निस्काशन गरी जारी तथा चुक्ता पुँजी १० करोड १२ लाख रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ ।

यो वित्तीय संस्थाले छोटो अवधिमा २८ वटा शाखा सञ्चालन गरी हिमाली तथा विकट पहाडी जिल्लाका आर्थिक तथा सामाजिक रुपमा पछि परेका परिवारलाई वित्तीय सेवा प्रदान गरेको छ ।

राष्ट्र बैंकको पछिल्लो नीतिअनुसार दुर्गम क्षेत्रमा वित्तीय संस्थाको संख्या बढाउनुपर्ने व्यवस्थाअनुसार कास्कीको पोखरामा केन्द्रीय कार्यालय राखी पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, रसुवा, नुवाकोट, सिन्धुपालचोक, दोलखा, रामेछाप, सोलुखुम्वु, संखुवासभा र ताप्लेजुङ गरी १५ जिल्लालाई कार्यक्षेत्र बनाइएको अध्यक्ष उत्तम भ्लोनले बताएका छन् ।

अध्यक्ष भ्लोनले ग्राहक सदस्यको हितलाई मध्यनजर गरी एसएमएस नोटिफिकेशन सेवाको शुभारम्भ गरे । यो सेवाबाट ग्राहक सदस्यले आफ्नो मोवाइलमा आफूसँग सम्वन्धित वित्तीय कारोवारको विवरण सम्बन्धी जानकारी सजिलै प्राप्त गर्ने भएका छन् ।

लघुवित्त संस्थाहरुमा यो सेवा प्रदान गर्ने एनएमबि माइक्रोफाइनान्स नेपालकै पहिलो लघुवित्त संस्था भएकोे अध्यक्ष भ्लोनले बताए । २०६९ चैतबाट साविकको क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाको नामबाट वित्तीय कारोवार शुरु गरेको एनएमबि माइक्रोफाइनान्सले २८ वटा शाखाबाट ३२ हजार विपन्न घरपरिवारमा ८३ करोड रुपैयाँ विनाधितो कर्जा लगानीमा रहेको, १६ करोडभन्दा बढि वचत संकलन गर्न सफल भएको छ ।

अब थप १० जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने स्विकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध भइसकेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए ।
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था एनएमबि बैंकको सहायक कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?