+
+
Shares

‘धुम ४’मा सलमानसँगै रणवीर सिंह ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २८ गते १८:०४

salman and ranbir sing
यशराज ब्यानरले नयाँ चलचित्र ‘धुम ४’ बनाउने तयारी थालेको छ । चलचित्रलाई कसले निर्देशन गर्छन् भन्ने पक्का भैसकेको छैन । तर, यो चलचित्रमा मुख्य २ कलाकार अनुवन्धित भएको खबर सार्वजनिक भएको छ । चलचित्रका निर्माता आदित्य चोपडा यसपटक चलचित्रलाई यूवापूस्ता लक्षित बनाउन चाहन्छन् । यसैले, यूवापुस्ताले रुचाएका कलाकार नै राख्ने तयारी उनको हो ।

यसपटक चलचित्रमा अघिल्ला ३ सिक्वेलमा भएका उदय चोपडा र अभिषेक बच्चन नरहने भारतीय मिडियाको दाबी छ । यसपटक चलचित्रमा नायक सलमान खान र रणवीर सिंहको जोडीलाई पर्दामा उतार्न लागिएको खबर सार्वजनिक भएको हो । सलमान खान चलचित्रमा खलपात्रको भूमिकामा देखिनेछन् ।

‘धुम’ बलिउडको सर्वाधिक सफल सिक्वेल चलचित्र हो । रणवीर सिंहले सलमानको पिछा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?