+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

स्थानीय निकाय निर्वाचनले संघीयता समाप्त: यादव

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७३ वैशाख २९ गते १०:३५

SAMSUNG CAMERA PICTURES२९ वैशाख, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलेे स्थानीय निकायको निर्वाचनले संघीयता समाप्त हुने बताएका छन् ।

विराटनगर विमााननस्थलमा आज संचारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले स्थानिय निकाय निर्वाचन गराउने तयारीलाई संघियता समाप्त पार्ने खेल भएको बताए ।

मुलुक संघीयताको संरचनामा अघि बढेको भन्दै यादवले प्रादेशिक सरकारलाई मात्र स्थानीय निकाय निर्माण गर्नै अधिकार भएको उल्लेख गरे । उनले भने, ‘यो सरकार केन्द्रीय सरकार भएकाले यसलेे स्थानीय निकायको निर्वाचन गराउँछ भन्नुु संघियता समाप्त पार्ने खेल हो ।’

अर्को एक प्रसंगमा अध्यक्ष यादवले वर्तमान सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नरहेको बताए । उनले भने ‘अन्तराष्ट्रिय रुपमा विश्वास गुमाइसकेको सरकारसँगको वार्ताबाट निकास निस्किँदैन त्यसैले  वार्ताको औचित्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?