चलचित्र ‘छेस्को’को निर्माण यूनिटले अर्चना पनेरुलाई केही दृश्यका लागि चलचित्र खेलाएपछि अर्की एक नायिका चिढिएकी छिन् । चलचित्रमा नायिका पवित्रा आचार्यको पनि मुख्य भूमिका छ । चलचित्रमा उनी रिहाब सेन्टर खोलेर बसेकी एक यूवतीको भूमिकामा थिइन् । चलचित्र गतबर्ष नै रिलिज हुनुपर्ने हो ।
तर, एकाएक यसको निर्माण यूनिटले चलचित्रमा अर्चना पनेरुको बेडसिन र चुम्बनको दृश्य राख्दै नकारात्मक चर्चा कमाउने मेसो कसेपछि पवित्राले आफ्ना सबै दृश्य चलचित्रबाट हटाउन भनेकी हुन् ।
अब, यो चलचित्रमा पवित्राको कुनै पनि सम्बन्ध हुने छैन । चलचित्रमा दृश्य हटाउन लगाउनुको बिषयमा उनले भनिन्-‘सुरुमा चलचित्रले राम्रो सन्देश दिने थियो । तर, पछि विकृती फैलने खालको बिषय प्रवेश गराएपछि आफ्नो दृश्य र नाम राख्न उत्तम ठानिन ।’
अर्चनाले प्रवेश गरेपछि पवित्राले आफ्नो नकारात्मक चर्चा हुने ठानेर चलचित्रबाट हात झिकेकी हुन् ।
प्रतिक्रिया 4