Comments Add Comment

‘मलाई अनमोलको स्टारडम आवश्यक छैन’: श्रृष्टी श्रेष्ठ

Shristhi Shrestha (14)
जेठ २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गाजलु’कि मुख्य नायिका हुन् पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ । श्रृष्टीले यो चलचित्रमा अहिलेका स्टार नायक अनमोल केसीसँग पर्दा शेयर गरेकी छिन् ।

श्रृष्टीले अनलाइनखबरसँग कुरा गर्दै भनिन्-‘यो चलचित्रमा म पूर्व कुमारीको भूमिकामा छु । जो कुमारी घरबाट निस्किएपछि कसरि अगाडि बढ्छे भन्ने कथा देखाइएको छ ।’

नायक केसीसँग काम गर्दाको अनुभव साट्दै उनले भनिन्-‘अनमोलको मैले २ वटा चलचित्र हेरेकी छु । उ एकदमै मिहिनेती रहेछ । सबैसँग राम्रो सम्बन्ध बनाउन सक्ने खुबी छ उसमा । यो चलचित्रमा उसले अभिनय पनि धेरै राम्रो गरेको छ ।’
Shristhi Shrestha (1) Shristhi Shrestha (4)
अनमोलका कारण चलचित्र चल्छ भन्ने विश्लेषण पनि हुन्छ । के श्रृष्टी यसमा अनमोलको स्टारडमका कारण आफूलाई फाइदा हुने सोचमा छिन् त ? सुन्दरीले भनिन्-‘मलाई अनमोलको स्टारडम आवश्यक छैन । ममाथि यस्तो कुराले कुनै असर नै गर्दैन । म दुःख गरेर यो क्षेत्रमा आएकी यूवती हुँ । यसैले आफू सुरक्षित रहन अरुको स्टारडममा भर पर्दिन ।’

रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । Shristhi Shrestha (32) Shristhi Shrestha (33)

तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment