Comments Add Comment

बादललाई बरिष्ठ नेता बनाउन गोपाल किरातीको प्रस्ताव

Ram Bahadur Thapa Badal

२९ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले पार्टी एकतापछि रामबहादुर थापा ‘बादल’लाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।

बुधबार विहान बसेको एमाओवादी स्थायी समिति बैठकले सबै माओवादीसँग एकता गर्ने निर्णय गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य एकतामा आउने-नआउने अझै निश्चित भइसकेको छैन । वैद्यसहित एकता गर्न अन्तिम प्रयास गर्ने भन्दै बादलले आफूले बोलाएको बैठक स्थगित गरेका छन् ।

जेठ २ गते बस्ने वैद्य माओवादीको केन्द्रीय समिति बैठकपछि वैद्यसहित एकता हुने नहुने टुंगो लाग्नेछ । वैद्य तयार नभए बादलसहितको समूह एमाओवादीसँग एकतामा जानेछ ।

वैद्य नआए उनलाई तेस्रो वरियता दिने एमाओवादीको तयारी छ । तर, स्थायी समितिको बैठकमा नेता किरातीले बादललाई दोस्रो वरियता दिएर वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् । वैद्य आए प्रचण्डपछि वैद्य र तेस्रो नम्बरमा बादल हुनु पर्ने उनले बताए ।

‘जनयुद्धका चार रचनाकार हुन् । प्रचण्डको विचार र कार्यदिशा थियो भने बादलले त्यसलाई संगठनमा लागू गर्थे,’ किरातीले भने, ‘अब एकता गर्दा उनलाई दोस्रो वरियता दिनुपर्छ ।’

बादललाई वरिष्ठ नेता नबनाए पार्टी पुनर्निर्माण प्रक्रिया अघि बढ्न नसक्ने उनको दाबी थियो ।

किरातीको प्रस्तावबारे बैठकमा कुनै छलफल भने नभएको एक नेताले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment