+
+
Shares

हिमलुङ हिमपहिरोमा हराएकाको खोजी कार्य अस्थायी रुपमा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १४:१९

१३ असोज, काठमाडौं । हिमलुङ हिम पहिरोमा हराएकाहरूको खोजी कार्य अस्थायी रुपमा स्थगित गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ हराइरहेका छन् ।

अहिलेसम्म ४ जनाको शव भेटिएको छ । हिमपहिरो लगत्तै एसोसिएसनको नेतृत्वमा अनुभवी उद्धार टोली खोज तथा उद्धारमा खटिएको थियो । हिमलुङ आधार शिविरमा गएको विशाल हिमपहिरोका कारण आधार शिविर १४ फिटसम्म बाक्लो हिउँले ढाकिएको समेत एसोसिएसनले जनाएको छ ।

मिङ्मा जी नेतृत्वमा ८ जनाको उद्धार टोलीले कठिन परिस्थितिमा समेत साहसिक खोज तथा उद्धारको काम गरेको थियो । तर, अब हिमलुङ हिम पहिरोमा जीवित उद्धारको सम्भावना नभएपछि टोलीले उद्धारको काम रोकेको छ ।

एसोसिएसनका अनुसार हिउँ र हिमालको अवस्था हेरी पुनः उत्खननको काम गरिने समेत एसोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?