Comments Add Comment

सीपी मैनाली भन्छन्- प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिन्छ

२९ वैशाख, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच कुराकानी भएको बताएका छन् । उनले उपयुक्त समयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने बताए ।

CP-Mainaliरिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मैनालीले भने, ‘प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने कुरा गठबन्धनमा भएको छ । यो असम्भव र अनुचित कुरा होइन । उपयूक्त समयमा यस्तो गर्न सकिन्छ ।’

उपप्रधानमन्त्री समेत रहेका मैनालीले वर्तमान सरकार अहिले नै बदल्नु भने उचित नभएको तर्क गरे । नाकाबन्दी जस्तो अप्ठ्यारो परिस्थितिको यो सरकारले दृढतापूर्वक उभिएर समाधानको दिशामा आफूलाई अघि बढाएकाले अझै काम गर्न दिनुपर्ने मैनालीको भनाइ थियो ।

साक्षात्कारमा मैनालीले भने,’ नाकाबन्दी हुनुको कारणको बोक्रा मात्रै अहिले समाधान भएको छ । भित्री गुदी कुरा अझै समाधान भएको छैन । समस्याको गुदि हल नहुन्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको विकल्प सोच्नु हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment