३० वैशाख, विराटनगर । विराटनगरमा बेग्लाबेग्लै स्थानबाट लागुऔषध र हतियारको गोलीसहित तीनजना पक्राउमा परेका छन् ।
विराटनगर–१८ बस्ने कासिम मियाँलाई ११ किलो गाँजासहित विराटनगर बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी चढेको को ३ प ७७७८ नं को मोटरसाइकलमा २० लि अटाउने प्लास्टिकको ड्रममा गाँजा लुकाई ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, विराटनगर–१० स्थित नापी कार्यालयको बाटोमा शङ्कास्पद अवस्थामा देखिएका सोराभाग–६ बस्ने राजेन्द्र किस्कुको झोला जाँच गर्दा उनको झोलाबाट लागुऔषध नाइट्रोसनको ट्याब्लेट र हतियारको गोली बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4