Comments Add Comment

आफू पढेको स्कुललाई सात लाख सहयोग गर्ने बेल्जियमबाट गरिमाको घोषणा

garima and hari silwal

३१ वैशाख, काठमाडौं । नायिका गरिमा पन्तले आफैंले अध्ययन गरेको श्री मित्रता उच्च माबि र आफ्नो गाउँमा अवस्थित मस्र्याङदी सामुदायिक विद्यामन्दिरलाई सात लाख रुपैंया सहयोग गर्ने घोषणा गरेकी छिन् ।  जेहेन्दार एवं गरिव विद्यार्थीका लागि अध्ययनमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको गरिमाको भनाई छ ।

‘हामीले गरिब एवं जेहेन्दार विद्यार्थी सहायता अक्षयकोष स्थापना गर्ने निर्णय गरेका छौं । सो रकम दुबै विद्यालयलाई आदि-आदि हुने गरि हस्तान्तरण गर्नेछौं ।’ उनले फेसबुकमा स्टाटस लेखेकी छिन् ।

आफ्नो बुबा इन्द्रबहादुर पन्त र आमा माया पन्तको संयुक्त नाममा ‘गरिब/जेहेन्दार विद्यार्थी सहायता अक्षयकोष’ स्थापना गर्ने निर्णय उनले गरेकी हुन् । आफ्नो यो सहयोगले आर्थिक रुपमा पछाडी परेका वालवालिकालाई अध्ययनमा सहयोग पुग्ने उनको विश्वास छ ।

एनआरएन हरि थपलियासँग विवाह गरेपछि गरिमा बेल्जियममा बस्दै आएकी छिन् । बेल्जियममै रेस्टुरेन्ट सञ्चालन गरेर बसेकी गरिमा पछिल्लो समय अभिनयबाट टाढा छिन् ।

गरिमाले अभिनय गरेको चलचित्र ‘झोला’ ले अत्यधिक चर्चा पाएको थियो । सोही फिल्मबाट उनले नेसनल अवार्ड जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment