Comments Add Comment

अर्जुन-मलाइका अफेयरको चर्चा, डराए बोनी कपुर

malaika and arjoon kapoor
बलिउडमा अफेयरको चर्चा नौलो होइन । बर्षका हरेक दिन कोही न कोही जोडीको चर्चाले मिडिया गर्माइरहेको हुन्छ । अहिले फेरि यस्तै एक जोडीको चर्चा सुरु भएको छ, जसले मिडियामा राम्रै स्थान पाइरहेको छ ।

केही महिना अगाडि मात्र पति अरवाज खानसँग डिभोर्स गरेकी आइटम गर्ल मलाइका अरोरा खानको नाम अहिले नायक अर्जुन कपुरसँग जोडिएको छ ।
केही दिन यता मलाइका र अर्जुनको तस्बिरहरु सार्वजनिक भैरहेका छन् । अर्जुन र मलाइका केही दिन अगाडि मध्यरातमा रेष्टुरेन्टबाट बाहिरिदै गर्दा देखिएका थिए । अर्जुन र मलाइको नाम अगाडि आएपछि निर्माता बोनी कपुर चिन्तित छन् ।

बोनीले छोरा अर्जुनलाई मलाइकाबाट टाढा रहन सचेत गराएको केही भारतीय मिडियाले उल्लेख गरेका छन् । बोनीलाई बोनीसँग नाम जोडिदा अर्जुनको करिअरमा असर पर्छ भन्ने लाग्छ । फेरि, मलाइका नायक सलमान खानकी बुहारी भएकाले पनि बोनी बढी चिन्तित देखिएका हुन् ।
तर, अर्जुन र मलाइकाले सम्बन्धको बारेमा केही पनि खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment