Comments Add Comment

धनुषाका स्थानीय विकास अधिकारी मन्त्रालय तानिए

DDC-dhanusha

३१ वैशाख, जनकपुर । विकास निर्माण भन्दा तलब भत्तामा पल्किएका धनुषाका स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेती मन्त्रालय तानिएका छन् ।

गत वैशाख १० गते अनलाइनखवरले स्थानीय बिकास अधिकारीले बिकासभन्दा तलव भत्तामा धेरै बजेट खर्च गरेको समाचार प्रकाशित गरेको थियो ।

योजना बनाएर ल्याएका उपभोक्ताहरुलाई बजेट छैन् भन्दै टार्दै आएका स्थानीय विकास अधिकारी राम कृष्ण उप्रेतीले चालु अर्थिक वर्षको १० महिनामा विकास भन्दा बढि तलब भत्तामा खर्च गरेका छन् ।

LDO-upretiआर्थिक वर्ष २०७२/७३ का लागि सार्वजनिक भएको बजेट १० महीना वितिसक्दा समेत जिविस धनुषाले लक्ष्य अनुरुपको विकास बजेट खर्च गर्न सकेको छैन । यद्यपी तलब भत्तामा निकै खर्च देखिएको छ ।

विकास निर्माण सम्बन्धमा काम गर्न नसकेपछि स्थानीय विकास अधिकारी उप्रेतीलाई संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयमा सरुवा भएको जिविस धनुषाले जनाएको छ ।

धनुषा आएदेखि नै विवादमा तानिदै आएका स्थानीय विकास अधिकारी उप्रेतीले लक्ष्य अनुसारको काम काज गर्न सकेका थिएनन् । यद्यपी, तलब भत्ता खर्च, सुनौलो हजार दिन कार्यक्रम, गाविस सचिव सरुवा, सामाजिक सुरक्षा कार्यक्रम लगायका बजेटमा समेत अनियमितता गरेको भन्दै पटक पटक समाचार आएपछि उनलाई धनुषाबाट सरुवा गरेको जनाइएको छ ।

उप्रेती धनुषाबाट सरुवा भएपछि जिविस स्थानिय विकास अधिकारी विहीन बनेको छ । जिल्ला प्राविधिक कार्यालय धनुषाका प्रमुख इन्जिनियर राजकिशोर साहलाई निमित्त स्थानीय विकास अधिकारीको जिम्मा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment