Comments Add Comment

सिंहदरवार घेराउमा दमन गरे गृहयुद्ध हुने संघीय गठबन्धनको चेतावनी

upendra yadav३१ वैशाख, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत संघीय गठबन्धनले काठमाडौंमा गर्न लागिएको जनप्रदर्शन र सिंहदरबार घेराउको कार्यक्रममा दमन गर्न खोजिए गृहयुद्ध निम्तिने चेतावनी दिएको छ ।

शनिबार दिउँसो तीन बजे शान्तिबाटीका र रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने मधेसी मोर्चामा आवद्ध संघीय गठबन्धनको तयारी छ । आइतबार भने सिंहदरबार घेराउको कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले भने, ‘राज्यले आतंक सिर्जना गर्न खोजेको छ । यदि दमन गरेमा गृहयुद्ध निम्तिन सक्छ ।’

यादवले अगाडि भने, ‘आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेको भन्ने पनि सुनेको छु । हाम्रो सेना भनेको जनता हो, त्यसको जवाफ जनताले दिन्छन् ।’

सरकारले मधेसी मोर्चालाई फुटाउन खोजेको भन्दै उनले आरोप लगाए । सरकारसँग विगतमा पटक-पटक वार्ता भएपनि सरकारले माग सम्बोधनका लागि चासो नदिएकाले फेरि वार्ता गर्नुको औचित्य नभएको यादवले बताए ।

‘प्रचण्ड ओलीको घोड घँसिया’

उनले एमाओवादी अध्यक्ष प्रचण्डलाई केपी ओलीको घोंडालाई घाँस हाल्ने घँसियाको संज्ञा दिए । यादवले भने, ‘प्रचण्डसँग हिजो हाम्रो सम्बन्ध थियो, सरकार पनि सँगै चलायौं । तर उनी केपी ओलीको घोड घँसिया जस्तो भए ।’

कार्यक्रममा तमलोपाका सहअध्यक्ष हृदयश त्रिपाठीले मधेसी मोर्चामा कुनै विवाद नरहेको दाबी गरे । मधेसी समुदायका माग सम्बोधनका लागि सबै एक भएर आन्दोलनमा होमिएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment