Comments Add Comment

ग्रान्डी अस्पतालमा विश्व नर्स दिवस मनाइयो

nurse-day
३१ वैशाख, काठमाडाैं । हिजो १२ मे विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइयो । विश्व नर्स दिवसको यस बर्षको नारा ‘’अ फोर्स फर चेन्ज – इम्प्रुभिङ हेल्थ सिस्टम्स रिजिलेन्स’’ अर्थात ‘’परिवर्तनको एक शक्ति – स्वास्थ्य पद्धति मा सिघ्र सुधार’’ थियो ।

काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि बिबिध कार्यक्रम गरी यो दिवस मनाइएको छ । दिवसको अवसरमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको नर्सिङ विभागको तर्फबाट विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मर्वारीबारे जानकारीमूलक प्रस्तुतिहरुसँगै नर्स दिवसको शुभकामना आदानप्रदान, नर्सिङ प्रतिज्ञा र सपथ ग्रहण गरिएको थियो ।

त्यसैगरी नर्सिङ बिभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट  कबिता बाचन, गायन , नृत्य लगायतका बिबिध मनोञ्जनात्मक कायक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो ।  ग्रान्डी अस्पतालले नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।

फ्लोरेन्स नाइटिङ्गेलले सन् १९१० अगष्ट १३ मा केन्यामा भइरहेको युद्धका बेला तयार पारिएको पहिलो नर्सहरुको टोलीलाई सपथ ग्रहण गराएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment