Comments Add Comment

सशस्त्रको एआइजी बढुवाविरुद्ध उजुरी, पुन र खनालको बढुवा प्रक्रिया रोकियो

३१ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलमा एआइजी पदमा बढुवाको लागि परेको सिफारिस विरुद्ध उजुरी परेको छ । रिक्त दुई एआइजी पदका लागि बढुवा समितिले गरेको निर्णय अन्यायपूर्ण भएको भन्दै डिआइजीहरु उत्तम खड्का र पुष्पराम केसीले उजुरी गरेका हुन् ।

APF-logo-Finalलोकसेवाका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गठित पुनरावलोकन समितिमा उजुरी परेपछि सशस्त्रको एआइजी बढुवा प्रक्रिया रोकिएको छ ।

०६९ सालमा डिआइजी हुँदा एक नम्बरमा रहेका जितबहादुर पुन र तीन नम्बरमा रहेका शैलेन्द्र खनाललाई बढुवाका लागि सिफारिस गरेर २ नम्बरमा रहेको आफूलाई नियतबस पछाडि पारिएको भन्दै डिआइजी खड्काले उजुरी गरेका हुन् । बढुवा समितिले र आइजीपीले दिने ५-५ नम्बरमा आफूलाई नियतबस कम नम्बर दिएर अन्याय गरिएको डिआइजी खड्काले उजुरीमा उल्लेख गरेका छन् ।

बढुवा सिफारिस समितिको अध्यक्षमा गृहसचिव र सदस्य सचिवमा सशस्त्र प्रहरी महानिरीक्षक रहन्छन् । उक्त समितिले खनाल र पुनलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

सशस्त्रको नयाँ नियमावली अनुसार उक्त सिफारीस कसैलाई चित्त नबुझे पुनरावलोकन समितिमा उजुरी गर्न पाउने व्यवस्था छ । उक्त उजुरीको आधारमा यदि कसैलाई अन्याय भएको पाइए लोकसेवा आयोगको अध्यक्ष, मुख्य सचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहने पुनरावलोकन समितिले बढुवा उल्ट्याउन सक्छ । उजुरी छानविनको लागि १५ दिनको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment