Comments Add Comment

निगमका महाप्रबन्धक कंशकारले भने- पर्यटक भित्राउन ठूला जहाज किन्नैपर्छ

निगमले गर्‍यो उत्कृष्ट एजेन्सीलाई सम्मान

NAC-Ajency-Award-2016
३१ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्ध शुगतरत्न कंशकारले मुलुकमा प्रशस्त पर्यटक भित्राउन सबैभन्दा पहिला राष्ट्रिय ध्वजाबाहक बलियो बनाउनुपर्ने बताएका छन् । अहिले विदेशी एयरलाइन्सले नेपालीमात्र बोक्ने गरेको उनको आरोप छ ।

‘पाँच वर्षको अवधिमा विदेश जाने नेपालीको संख्या दोब्बर भएछ, तर नेपाल आउने विदेशीको संख्या दोब्बर हुन १३ वर्ष लागेछ’ कंशकारले भने- ‘विदेशी एयरलाइन्सले नेपालीमात्र बोकेछन्, पर्यटक भित्राउन निगम नै बलियो बन्नुपर्छ ।’

राष्ट्रिय ध्वजावाहक जहाजको कमी हुँदा विदेशी एयरलाइन्सले चर्को भाडा असुल्दै आएका छन् । अहिले २४ विदेशी एयरलाइन्सले नेपाल उडान भरिरहेका छन् । नेपालमा पर्यटक कम आउनुको कारण दोब्बर हवाई भाडा रहेको औंल्याउँदै उनले ठूला जहाज थपेर निगमले बजारमा हस्तक्षेप बढाउनुपर्ने बताए ।

शुक्रबार निगमको एजेन्सी अवार्ड कार्यक्रलाई सम्बोधन गर्दै कंशाकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवाको व्यापारमा निगमको हिस्सा ७.९ प्रतिशत मात्र रहेको बताए । बाँकी व्यापार विदेशी एयरलाइन्सको कब्जामा छ । उनीहरुको एकाधिकारका कारण नेपालको हवाई भाडा उच्च रहेको छ ।

दुईवटा एयरबस ल्याउनु अगाडि २०१४ सम्म निगमको व्यापार हिस्सा औषत ६.७ प्रतिशत रहेको थियो । दुईवटा वाइड बडी ल्याउन सकेमा निगमको व्यापार हिस्सा १७ प्रतिशत पुग्ने कंशाकारले बताए । देशको हितका लागि पनि निगमले ठूला जहाज किन्नैपर्ने उनको भनाई छ ।

निगमले तीन वर्षभित्र दुईवटा वाइड बडी र दुईवटा न्यारोबडी किनेर उडाउने कार्ययोजना सार्वजनिक गरेको छ । वाइबडी जहाज ल्याएपछि बेलायत, जापान, चीनका टाढाका शहर, सिंगापुर हुँदै अष्ट्रेलिया उड्ने योजना बनाएको छ ।

‘सन् २००० सम्म नेपाल वायुसेवा निगमले ३० प्रतिशत पर्यटक भित्राउँदै आएको थियो । तर, सन् २०१३ मा आउँदा २.३ प्रतिशत पर्यटकमात्र ल्याएको दयनीय तथ्यांक छ । यो भन्दा लाजमर्दो के हुन्छ ?’ कंशाकारले भने- ‘अब निगम प्रशस्त पर्यटक भित्राउने गरी प्रस्तुत हुनुपर्छ ।’

NAC-Ajency-Award-2016-six
हार्भेष्टमुन ट्राभल्स एन्ड टुर्स कम्पनीले सबैभन्दा बढी टिकट बिक्री गरेर उत्कृष्ट अबार्ड पाएको छ ।

मलेसिया, सिंगापुर र थाइल्यान्डले वाषिर्क करोड/करोड पर्यटक भित्राउनुको मुख्य कारण त्यहाँको ध्वजावाहक बलियो भएको बताउँदै कंशाकारले भने- ‘अब हामीले जहाज किन्ने बेलामा निगमको व्यवस्थापनमा मात्र समस्या औंल्याएर लफडा गर्नु हुँदैन ।’

एउटा यात्रुले जापानबाट नेपाल आउँदा १६ सय अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको बताउँदै कंशारले यो रकममा जापानबाट अमेरिका पुगी घुमेर फर्किन सकिने ठोकुवा गरे । नेपालमा बढी पर्यटक भित्रिने मुलुकमा सस्तो भाडामा उडान गर्नुपर्ने उनको भनाई छ ।

बजार बढाउँदै निगम

निगमले सन् २०११ देखि २०१४ सम्म औषत १५ सय उडान गरेको थियो । सन् २०१५ यो उडान संख्या बढेर २६ सय पुगेको छ । जुन करिव ७० प्रतिशत बढी हुन आउँछ ।

सन् २०११ देखि २०१४ सम्म निगमले औषत वाषिर्क २ लाख ५ हजार  यात्रुहरु बोकेमा सन् २०१५ २ लाख ५३ हजार ६ सय ५८ यात्रुहरु बोक्न सफल भएको छ । जुन २४ प्रतिशले बढी हो ।

निगमको उडानमा विश्वसनियता सन् २०१५ मा ९८ प्रतिशत पुगेको कंशकारको दाबी छ । गएको चैतमा एउटा पनि फ्लाइट रद्द भएनन् । यसअघि धेरै उडानहरु रद्द हुँदै आएका थिए । त्यस्तै, नियमिततामा पनि पछिल्लो चार वर्षको अवधिमा ६४ प्रतिशत थियो । तर, सन् २०१५ मा सुधि्रएर ७८.०८ प्रतिशत हासिल भएको छ ।

महाप्रबन्धक कंशकारका अनुसार निगमले दुईवटा विमान थपेपछि विश्वसनियता र नियमितता बढेको हो । यसअघि दुईवटा मात्र विमान हुँदा एउटा विमान बिगि्रएमा ५० प्रतिशत उडान रद्द हुन्थ्यो । जति जहाज बढी भयो विश्वसनियता र नियमितता बढी हुँदै जाने उनको भनाई छ ।

निगमले आर्थिक वर्ष २०१४/०१५ सबैभन्दा बढी टिकट बिक्री गर्ने, कार्गो बिक्री गर्ने ट्राभल एजेन्सीहरुलाई अवार्ड प्रदान गरेको छ । निगमको सबैभन्दा बढी टिकट बिक्री गर्ने प्रमुख १० कम्पनीहरु यसप्रकार छन् ।

टिकट बिक्री गर्ने प्रमुख १० एजेन्सी

NAC-Ajency-Award-2016-six
१. हार्भेष्टमुन ट्राभल्स एन्ड टुर्स कम्पनी
NAC-Ajency-Award-2016-Five
२. रेन्बो ट्राभल्स एन्ड टुर्स कम्पनी
NAC-Ajency-Award-2016-four
३. मेगावाई ट्राभल्स एन्ड टुर्स कम्पनी
NAC-Ajency-Award-2016-three
४. ओशो वल्र्ड ट्राभल्स नेपाल
NAC-Ajency-Award-2016-two
५. युनियन इन्टरनेशनल ट्राभल्स एन्ड टुर्स कम्पनी

६. पाष्ट इन्टरनेशनल ट्राभल्स एन्ड टुर्स कम्पनी

NAC-Ajency-Award-2016 two
७. देउराली ट्राभल्स एन्ड टुर्स कम्पनी

८. ग्रेट जर्नी ट्राभल्स एन्ड टुर्स कम्पनी
९. लक्की ट्राभल्स एन्ड टुर्स कम्पनी
१०. एस ट्राभल्स एन्ड टुर्स कम्पनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment