+
+
Shares

स्थानीय निकायको चुनावमा भाग लिन शेखरको अाग्रह

रासस रासस
२०७३ जेठ १ गते ७:३६

shekhar koirala१ जेठ, इलाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारले सस्तो लोकप्रियताका लागिमात्र नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।

इलाम सदरमुकाममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाटमा नेता कोइरालाले बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको धारणा व्यक्त गरेका हुन् ।

सरकारले कालोबजारीलाई नियन्त्रण गर्नुको साटो आश्रय दिएको आरोप लगाउँदै जनताले अभावैअभाव भोग्दासमेत सरकार चुप लागेर बसेको बताए ।

सरकारले घोषणा गरेको स्थानीय निकायको चुनावबाट काँग्रेस नपन्छिने भन्दै त्यसका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउँदै चुनाव भनेको प्रजातान्त्रिक पद्धति हो, यसमा भाग लिन सबैलाई आग्रहसमेत गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?