१ जेठ, काठमाडौं । अन्नपूर्ण पदयात्राअन्तर्गत मुस्ताङको दामोदरकुण्ड सारिबुङहुँदै मनाङको सारिबुङकै साउथ बेस क्यापमा अलपत्र परेका पर्यटकको अवस्था नाजुक हुँदै गएको छ ।
दुई जर्मन पर्यटक सहित १८ जनाको टोली मुस्ताङबाट सारिबुङ साउथ ५०९२ मिटरमा पुगेपछि हावाहुरीका कारण फसेका थिए ।
उनीहरुमध्ये पाँच जानाको अवस्था नाजुक रहेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का रेस्क्यू कोअर्डिनेटर देवी पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।
पाण्डेका अनुसार हावाहुरीसहित आएको हिमपातका कारण सबै सामान हराएको र खाना र पानीको समस्या हुँदा उनीहरुमधध्ये पाँचको अवस्था गम्भिर छ ।
जर्मन पर्यटक ४४ वर्षीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरुन इन्ग्रिडका साथमा रहेका नेपाली गाइड, क्लाइम्बिङ शेर्पा, बेसक्याम्प शेर्पा पोर्टरसहितका १६ नेपाली अलपत्र परेका हुन् ।
शुक्रबारदेखि उनीहरुको उद्धार प्रयास गरिएको भएपनि प्रतिकुल मौसमका कारण समस्या आएको पाण्डेले बताए ।
उनले भने ‘आज मौसममा सुधार आएको छ, उद्दारका लागि त्यसतर्फ दुईवटा हेलिकप्टर गएका छन् र हेलिकप्टर अवतरण गर्ने स्थानको खाेजी भइरहेको छ । ‘
प्रतिक्रिया 4