+
+
Shares

एमालेभित्र फैलिँदो भारत विरोध

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते ७:०२

UML Party Office Dhumbarahi२ जेठ, काठमाडौं । सत्ता नेतृत्व गरिरहेको दल एमालेभित्र भारतविरोधी जनमत बढ्न थालेको छ ।
विशेषगरी कार्यकर्ता तहमा यस्तो सेन्टिमेन्ट बढेको पाइएको हो ।

एमालेको दोस्रो तहका नेता युवा तथा विद्यार्थीमा भारतको चर्को विरोध गर्ने प्रवृत्ति केही समययता औपचारिक  कार्यक्रममा देखापरेको आजको अन्नपूर्णमा समाचार छ ।

युवा तथा विद्यार्थी र दोस्रो तहका नेता भारतविरुद्ध अभिव्यक्ति दिन थालेका छन् । शीर्ष तहका नेतालाई प्रमुख अतिथि र अतिथि बनाएर आयोजना गरिने त्यस्ता औपचारिक कार्यक्रममा नेताले न त्यसलाई रोक्ने गरेका छन्, न त सार्वजनिक समर्थन । शीर्ष तहका नेतासमेत भारतको नम नलिई विरोध भने गर्छन् ।

भारतले लगाएको नाकाबन्दी र पछिल्लो समसयमा केपी ओली नेतृत्वको सरकार परिवर्तनको सन्दर्भलाई आधार मानेर शीर्ष नेताहरु भारतको बिरोधमा देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?