+
+
Shares

एम्बुलेन्स किन्न सहयोग खोज्दै गुल्मेली युवा, सहयोगको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते १३:३३

Simaltari

२ वैशाख, काठमाडौं । गुल्मी जिल्लाको सिमलटारीलाई केन्द्र बनाएर एम्बुलेन्स सेवा सञ्चालन गर्न त्यस क्षेत्रका युवाहरु जुटेका छन् । अहिलेसम्म यो क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध छैन् ।

एम्बुलेन्स खरिद गर्नका लागि अहिले देश विदेशमा रहेका युवाहरु आर्थिक सहयोग खोजिरहेका छन् । सिमलटारी फ्रेन्डस् क्लबले यसको नेतृत्व गरिरहेको छ । क्लबले एम्बुलेन्स खरिद गर्नका लागि आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेको छ ।

गुल्मी जिल्ला क्षेत्र नम्बर तीनको केन्द्र सिमलटारीमा एम्बुलेन्स नहुँदा धेरै समस्या भइरहेको छ । कतिपय विरामीलाई समयमा अस्पताल पुर्‍याउन नसक्दा मृत्यू समेत भएका घटनाहरु छन् ।

सिमलटारीलाई केन्द्र बनाएर एम्बुलेन्स सञ्चालन गरेमा मर्भुङ, सिर्सेनी, घमिर, अर्जे, अर्खाबाङ, मभिर, धुर्कोट लगायतका एक दर्जन गाविसलाई सेवा पुग्छ ।

एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न चाहाने दाताहरुले साइन रेसुङ्गा विकास बैंकमा खोलिएको खाता नम्बर ०१४ ००४ ००१ ००४ ५३० ००००१ मा रकम जम्मा गर्न सक्ने क्लबले जनाएको छ ।

‘हामीलाई विश्वास छ, पुन्य काममा सबैको साथ मिल्नेछ’ क्लबका सक्रिय सदस्य भोजेन्द्र थापाले भने- ‘सबैले सक्दो आर्थिक सहयोग गरी अकालमा मृत्यूवरण गर्नुपर्ने मानिसको जीवन बचाएर पुन्यलाभ लिनुहोस् ।’

सिमलटारी एम्बुलेस सञ्चालनमा सबैले हातेमालो गरौं
आकास्मिक मृत्यु र दुर्घटनाबाट आफू बाचौं र अरुलाई पनि बचाऔं
आ-आफ्नो ठाउँबाट सबैले उठाउँ आवाज
आफै बनाउँ आफ्नो गाउँ, आफ्नो समाज
सामाजिक काममा सबैले फैलाउँ जालो
अरुको जीवन दानको लागी गरौं हातेमालो
एम्बुलेन्स सञ्चालनको लागि सबैले सक्दो सहयोग गरौ
सहयोग गर्न सबूको हात अघि बढोस्
अकालमा कोही पनि मर्न नपरोस्
दुख पीडा सबैलाई पर्ने छ
मिल्नेछ धर्म पुन्य, जो सहयोग गर्नेछ
सबैजना सिमलटारी हस्पिटल झर्नेछ्न
यो सुभकार्यमा सबैले सहयोग गर्नेछन्

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?